छैटौं शुभकामना कपलाई आमा समुहको साथ
काठमाडाैं | जेठ २०, २०७९
हेमजा: आगामी असारको ४ देखि ११ गतेसम्म हेम्जाको गौरीशंकर खेल मैदानमा हुने छैटौं अन्तर्राष्ट्रिय शुभकामना कपलाई हेमजामा रहेका आमा समुहले साथ दिने भएको छ ।
हेम्जा युनाइटेडको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय शुभकामना कपलाई सभ्य र भब्य रुपमा सफल बनाउन हेम्जामा रहेका आमा समुहले सहयोग गर्ने भएका हुन्।
शुक्रवार बसेको आमा समुह र हेम्जा युनाइटेडको बैठकमा आमा समुहले सहयोग गर्ने बताएका हुन् । बैठकमा बोल्ने वक्ताहरुले पहिला पनि यो संस्थालाई सहयोग गरेको र अहिले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
खेलकुदको माध्यमबाट युवाबीच एकता र भाइचारा सम्बन्ध बढाउँदै सृजनात्मक तथा रचनात्मक काममा अघि बढाउन साथै संचालनमा रहेको हेम्जा युनाईटेड एकेडेमीलाई निरन्तरता दिई नयाँ खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा ए डिभिजनका ६ टीम, १ अन्तराष्ट्रिय टीम र आयोजक सहित आठ टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले तीन लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

